मर्दि हिमालको आकर्षण मह भिरमा ‘हनि हन्टिङ’

पाेखरा | जेठ २७, २०८०

मर्दि हिमालको आकर्षण मह भिरमा ‘हनि हन्टिङ’

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दि खोलाको आधार शिवरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । २५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा भिर मह काटन लागिएको हो । हालसम्म गर्मि रहेकाले मह काट्न लागिएको हो । 


सिधिङ युनाइटेड क्लबको आयोजनामा हुन गईरहेको दुई दिने मह काट्ने कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा नं।९ को समन्वयमा हुन लागेको हो । माछापुच्छे« ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले जेठ असारमा मह भिर मौरिको सिकार गर्नु निकै चुनौति र जोखिमपूर्ण रहेको बताए ।


 ‘यो जेठ असारमा काटेको भिर मौरि अलि खतरा मानिन्छ । किनकि यो बेलामा, जगलमा प्राकृतिक रुपमा फुल्ने विभिन्न फुलहरुका कारण र भौगोलिक रुपमा पनि अझ यो बढि उचाइमा रहेको कारण यसलाई  लाग्ने महको रुपमा पनि लिईन्छ’ उनले भने, ‘यसका लागि वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ ।’ 


उनका अनुसार भिरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ । जुन कुरा नयाँ पुस्ताका लागि नौलो हुनेछ । मर्दि हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको सगंम स्थान भनेर बुझिएको मह भिर पदमार्गमा आउने पर्यटकका लागि समेत नयाँ गन्तव्य हुनसक्ने उनले बताए । मौरीको मह काट्नका लागि चिना हेराई भिरमा भेडाको पाठोको भोक दिने प्रचलन पनि चल्दै आएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्